२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

कांग्रेस कार्यसम्पादन समिति बैठक भाेलि, यस्ता छन् एजेण्डा

- विशेष खबर बुधबार २६, माघ २०७८ ०७:०८

कांग्रेस कार्यसम्पादन समिति बैठक भाेलि, यस्ता छन् एजेण्डा

काठमाडाैं । नेपाली कांग्रेसका पदाधिकारी बीच बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाबाहेक पदाधिकारीबीच छलफल भएका विषयबारे सभापति देउवालाई जानकारी गराइएको प्रवक्ता डा प्रकाशशरण महतले बताए ।

केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट प्राप्त सुझाव र सल्लाहका आधारमा पार्टी आगामी दिनमा सशक्तरूपमा कसरी अगाडि बढ्ने र परिचालन हुनेसम्बन्धी निर्णयमा पुगिने उनको भनाइ थियो ।

कांग्रेसले बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूची तय भएको छ ।

कोभिड–१९ को सङ्क्रमणका कारण कांग्रेसका १६ जिल्लाका अधिवेशनको मिति अझै तय हुन सकेको छैन ।

यसैगरी नेपाल सरकार, मन्त्रिपरिषद्को सोमबारको बैठकले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस