२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

एमालेले सातै प्रदेशमा प्रशिक्षण गर्ने

- विशेष खबर मङ्गलबार २५, माघ २०७८ ०९:१०

एमालेले सातै प्रदेशमा प्रशिक्षण गर्ने

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेसँगै नेकपा एमालेले चुनाव केन्द्रित प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम घोषणा गरेको छ । एमालेले सातै प्रदेशमा निर्वाचन केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो । 

केन्द्रीय सदस्य आइन्द्रसुन्दर नेम्वाङले सातै प्रदेशमा फागुन १ गतेदेखि १७ गतेसम्म चुनावकेन्द्रित प्रशिक्षण कार्यक्रम हुन लागेको जानकारी दिए ।केन्द्रीय सदस्य आइन्द्रसुन्दर नेम्वाङले सातै प्रदेशमा फागुन १ गतेदेखि १७ गतेसम्म चुनावकेन्द्रित प्रशिक्षण कार्यक्रम हुन लागेको जानकारी दिए ।

फागुन १ र २ गते प्रदेश १ को विराटनगरमा, फागुन ३ र ४ गते मधेस प्रदेशको जनकपुरमा, फागुन ६ र ७ गते वाग्मती प्रदेशको काठमाडौंमा, फागुन ८ र ९ गते गण्डकी प्रदेशको पोखरामा, फागुन ११ र १२ गते लुम्बिनी प्रदेशमा, फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा, फागुन १६ र १७ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रशिक्षण तालिका बनाइएकाे छ । 

प्रशिक्षणमा १० औं राष्ट्रिय महाधिवेशन र विधान महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा, सबल, गतिशील र अनुशासित पार्टी निर्माण, राजनीतिक, संगठनात्मक र शैलीगत विषयहरु, स्थानीय तहमा एमालेको पाँच वर्षः उपलब्धि र अनुभवहरु तथा स्थानीय तह निर्वाचन तयारीबारे छलफल हुने उनले बताए ।

प्रशिक्षणमा सम्बन्धित प्रदेशका इञ्चार्ज तथा सहइञ्चार्जहरु, प्रदेश कमिटी पदाधिकारीहरु, प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज र सहइन्चार्जहरु, प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु, सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु, एमालेबाट निर्वाचित जिसस प्रमुख वा उपप्रमुख, गाउँपालिका प्रमुख वा उपप्रमुख र पार्टीका पालिका अध्यक्षहरू सहभागी हुनेछन् ।


प्रतिकृया दिनुहोस