२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

ओली र कोइरालाबीच भेटघाट

- विशेष खबर मङ्गलबार २५, माघ २०७८ ०८:५९

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाबीच मंगलबार ओली निवास बालकोटमा भेटवार्ता भएको छ । 

कांग्रेस नेता कोइराला आज साँझ ओली निवास पुगेर भेट गरी वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।

दुई नेताबीच आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।


प्रतिकृया दिनुहोस