- विशेष खबर सोमबार २४, माघ २०७८ ०४:२२
काठमाडाैं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले जेठ ४ सुझाएकाे थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय चुनाव, एमसिसीलगायत विषयमा छलफल गरेका थिए।
प्रतिकृया दिनुहोस