२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

शिवमाया तुम्बाहाङ्फेले लिइन कानुन मन्त्रीकाे सपथ

सोमबार ०५, फागुन २०७६ ०४:५९

शिवमाया तुम्बाहाङ्फेले लिइन कानुन मन्त्रीकाे सपथ

काठमाडौँ , पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा सोमबार सपथ ग्रहण गरेकी छन् ।

तुम्बाहाङ्फेले सोमबार दिउँसो साढे ३ बजे राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेकी हुन् । 

उपसभामुखबाट राजीनामा दिएकी तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री नियुक्त गरेकी थिइन् ।

यसअघि उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजीनामा दिएपछि कानुनमन्त्रीको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दिइएको थियो ।

नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले आजै सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार समेत ग्रहण गरेकी छिन् ।


प्रतिकृया दिनुहोस