- विशेष खबर सोमबार १७, माघ २०७८ ०२:३७
काठमाडौं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) का विदेश विभाग प्रमुख सोङ ताओबीच भर्चुअल कुराकानी भएको छ ।
नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्न फुल हाउसमा पेस गर्ने वा नगर्ने भन्दै सत्ता गठबन्धनभित्र चर्चा भइरहेकै बेलामा माघ १५ गते पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल र सोङबीच भएको भर्चुअल कुराकानीलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
सोङले आफ्नो विदेश विभागको टोलीसहित कुराकानी गरेका थिए भने दाहालले भने कोठामा एक्लै बसेर कुराकानी गरेका हुन् । यस वार्ताको विषयमा दाहालले आफ्ना सचिवालयका पदाधिकारीहरूलाई समेत आइतबार बेलुकासम्म जानकारी दिएका छैनन् । त्यसै कारणले सीसीपीको विदेश विभागले उक्त वार्ताबारे सार्वजनिक गरेपछि मात्र सूचना बाहिर आएको हो ।
प्रतिकृया दिनुहोस