२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

राप्रपा पदाधिकारी तथा विभागीय प्रमुखहरु मनोनीत

- विशेष खबर आइतबार १६, माघ २०७८ ०७:४७

राप्रपा पदाधिकारी तथा विभागीय प्रमुखहरु मनोनीत

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्षसहित पदाधिकारी तथा विभागीय प्रमुख मनोनीत गरेका छन् ।

लमजुङका हेमजंग गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाई उपाध्यक्षमा मनोनीत गरेकाे आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रल्हादप्रसाद साहलाई महामन्त्री नियुक्त गरेका छन् । यसैगरी भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई पार्टीको प्रवक्तामा मनोनीत गरेका छन् ।

सहप्रवक्तामा प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई नियुक्त गरेका छन् । सहमहामन्त्रीमा मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल, रीना गुरुङ र सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अली, दिपककुमार राईले जिम्मेवारी पाएका छन् ।

त्यसैगरी आर्थिक विभागमा दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभागमा पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभागमा रविन चाम्लिङ, तराई/मधेस विभागमा रामप्रताप साह, अभिलेख तथा मूल्यांकन विभागमा मीना सुवेदी, सहकारी समन्वय विभागमा सुदर्शन थापालाई प्रमुख नियुक्त गरेका छन् । यसैगरी, रमानन्द न्यौपानेलाई केन्द्रीय सचिवालयको सदस्य सचिव पदमा मनोनयन गरिएको पार्टीकाे विज्ञप्तिमा उल्लेख छ ।

राप्रपा केन्द्रीय समिति १९९ सदस्यीय रहनेछ । जसमा १४९ जना महाधिवेशनबाट निर्वाचित भएका थिए भने बाँकी नियुक्त गर्ने अधिकार विधानले अध्यक्षलाई दिएको छ ।


प्रतिकृया दिनुहोस