२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

सत्ता गठबन्धनको बैठक अपरान्ह पुन: बस्ने

- विशेष खबर शनिबार १५, माघ २०७८ ०२:५९

सत्ता गठबन्धनको बैठक अपरान्ह पुन: बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धन दलबीचको बैठक अपरान्ह चारबजे पुन बस्ने भएकाेछ।

स्थानीय तहको निर्वाचन तोकिएकै समयमै गर्न सरकारमाथि दबाब बढिरहेकाबेला आवश्यक छलफलका लागि भन्दै गठबन्धनको बैठक बसेको हो ।

स्थानीय तहको निर्वाचन ६ महिना पर सार्ने विषयमा गठबन्धनमा सहमति भएपछि चौतर्फी विरोध भइरहेको छ ।

आज बसेको पहिलो बैठकमा दबाब बमोजिम बैशाखमै स्थानीय तहको चुनाव गर्ने विषयमा गठबन्धनमा लगभग सहमति बनेको बताइएको छ ।

अपरान्ह बस्ने दोस्रो बैठकपछि निर्णयको जानकारी गराइने बुझिएको छ । 


प्रतिकृया दिनुहोस