२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

राजसंस्था र हिन्दू राष्ट्र हटाउन आयोगले पठाएको पत्रप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति

- विशेष खबर आइतबार ०९, माघ २०७८ १०:४७

राजसंस्था र हिन्दू राष्ट्र हटाउन आयोगले पठाएको पत्रप्रति राप्रपा अध्यक्ष लिङ्देनको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दू राष्ट्र हटाउन माग गर्दै पठाएको पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आपत्ति जनाएका छन् ।

अध्यक्ष लिङ्देनले आयोगेका निर्देशन संविधानको मर्म र भावना विपरीत भएको जिकीर गरेका छन् ।

पार्टी पदाधिकारी बैठक बसेर आयोगलाई उचित जवाफ दिने तयारी भइरहेको उनले बताएका छन् । उनले आजका लागि पदाधिकारी बैठक बोलाइएको जानकारी दिएका छन् ।

लिङ्देनले पार्टीको विधान कुनै पनि हालतमा परिमार्जन नहुने बताएका छन् ।

आयोगले गत २ माघमा राप्रपालाई संविधानको प्रस्तावना र भावना प्रतिकूल भएको भन्दै राप्रपालाई विधानमा राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउन पत्र पठाएको थियो । 


प्रतिकृया दिनुहोस