२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

प्रधानमन्त्रीले बाेलाए सर्वदलीय बैठक, स्थानीय तह निर्वाचनबारे छलफल हुने

- विशेष खबर शुक्रबार ०७, माघ २०७८ ०८:५९

प्रधानमन्त्रीले बाेलाए सर्वदलीय बैठक, स्थानीय तह निर्वाचनबारे छलफल हुने

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार सर्वदलीय बैठक बोलाएका छन् । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान साढे ९ बजे बैठक बोलाइएको हाे । सत्तारुढ राजनीतिक समन्वय समितिको बैठक शुक्रबार अपरान्ह बालुवाटारमा बसेको थियो। 

समन्वय समिति बैठकमा शुक्रबार स्थानीय तहकाे निर्वाचनबारे छलफल भएको थियो। गठबन्धनका नेताहरु बीच कानुनविदहरुसँग परामर्श गरी स्थानीय तह निर्वाचनको मिति तोक्ने सहमति भएको छ ।

शनिबारकाे सर्वदलीय बैठकमा पनि स्थानीय तहकाे निर्वाचनबारे छलफल गरिने बताइएकाे छ । एमालेले भने यसअघिकाे सर्वदलीय बैठक बहिष्कार गरेकाे थियाे । 


प्रतिकृया दिनुहोस