२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

निर्वाचन आयोगले गर्‍यो तीन दलकाे दर्ता खारेज

- विशेष खबर शुक्रबार ०७, माघ २०७८ ०२:०१

निर्वाचन आयोगले गर्‍यो तीन दलकाे दर्ता खारेज

काठमाडाैं । निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरेकाे छ। २०७३/०७४ मा दर्ता भएका नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरिएको आयोगले जानकारी दिएको छ।

यी दलले लेखापरीक्षण प्रतिवेदन बुझाएका थिएनन्। गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आयोगले आग्रह गरेको थियो। लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म गरिवाना गर्ने गर्छ।

लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले तीन दल खारेज गरिएको आयोगले जनाएको छ।


प्रतिकृया दिनुहोस