२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

प्रधानमन्त्री देउवा राष्ट्रका नाममा सम्बोधन गर्दै

- विशेष खबर शुक्रबार ०७, माघ २०७८ ०१:४८

प्रधानमन्त्री देउवा राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका थिए । 

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा सरकारका कामकारबाहीबारे समेत जानकारी गराउने बताइएको छ ।

सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका रुपमा यो उनको पाँचाैं कार्यकाल हो । 


प्रतिकृया दिनुहोस