२०८१ बैशाख ११ गते मङ्गलबार | 23 April, 2024

सिंहदरबार प्रवेशमा कडाइ

- विशेष खबर बुधबार २८, पुष २०७८ ०८:३०

सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौं । कोराेनाकाे ओमिक्रोन भेरिएन्टको जोखिमलाई मध्यनजर गर्दै सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेकाे छ ।  गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था लागू गर्दै कडाइ गरेकाे हाे । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा हस्ताक्षरित सूचनाअनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगलगायतबाट हालसम्म जारी भएका सबै प्रकारका पास खारेज गर्ने बताइएको छ ।

अब आवश्यकता बमोजिम गृहमन्त्रालयको पूर्वसहमति लिई सम्बन्धित निकायबाटै पास जारी गर्नेलगायत ६ बुँदे नियम लागू गरिएको छ ।

पत्रकारकाे हकमा भने सूचना विभागबाट जारी भएको परिचयपत्रको आधारमा प्रवेश दिने बताइएको छ ।

 


प्रतिकृया दिनुहोस