२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

कांग्रेसले १६ जिल्लाको अधिवेशन फेरि सार्‍यो

बुधबार २१, पुष २०७८ १२:३९

कांग्रेसले १६ जिल्लाको अधिवेशन फेरि सार्‍यो

काठमाडाैं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सारेको छ।

यही पुस २७ गते जिल्ला अधिवेशन गर्ने भने पनि बुधबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचन पछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको छ। राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ।

कांग्रेसले प्रदेश नम्बर २ का ८ जिल्ला, बागमतीका मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको बाँके र सुदूरपश्चिमको कैलाली र अछाममा जिल्ला अधिवेशन गर्न बाँकी छ।


प्रतिकृया दिनुहोस