२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

राष्ट्रिय सभाका १९ सदस्यका लागि ४३ जनाको उम्मेदवारी

- विशेष खबर मङ्गलबार २०, पुष २०७८ १०:३१

राष्ट्रिय सभाका १९ सदस्यका लागि ४३ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता भएको छ ।आगामी माघ १२ गते १९ पदका लागि हुने निर्वाचनमा ४३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सातै प्रदेशमा उम्मेदवारहरूले मंगलबार उत्साहजनक ढंगले मनोनयन दर्ता गराएका छन् । 

आयोगको निर्वाचन कार्यतालिका अनुसार पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिनको लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ। २२ र २३ गते उजुरीउपर छानबिन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ। २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका छ।

जसमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदूर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

 

 

 


प्रतिकृया दिनुहोस