२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

बिहिबार १८, बैशाख २०७७ ०८:३५

रोल्पामा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको छ ।

त्रिवेणी गाउँपालिका-४ मैतीगातिनामा बिहीबार साँझ ६ बजे बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी चित्रबहादुर गुरुङले बताए ।

मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटना बारे अनुसन्धान भइरहेकाे छ । ग्रिनेड बम बिष्फाेट भएकाे हुनसक्ने अनुमान गरिएकाे छ । 


प्रतिकृया दिनुहोस