२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

प्रदेश २ मा कांग्रेस अधिवेशन आजदेखि

- विशेष खबर मङ्गलबार ०६, पुष २०७८ ०९:२६

प्रदेश २ मा कांग्रेस अधिवेशन आजदेखि

काठमाडाैं । नेपाली कांग्रेसले प्रदेश २ मा आजदेखि प्रदेश अधिवेशन गर्ने लागेकाे छ। यसअघि ६ वटा प्रदेशमा अधिवेशन भइसकेको छ।

केन्द्रीय महाधिवेशन सकेर प्रदेश २ मा प्रदेश अधिवेशन गर्न लागिएको हो। अधिवेशनले प्रदेश सभापति, उपसभापति, महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरू चयन गर्नेछ।

प्रदेश सभापतिका लागि मुख्यगरी दुई जना मैदानमा देखिएका छन्। आजै उम्मेदवारको मनोनयन गर्नुपर्ने चुनावी कार्यतालिका छ भने बुधबार मतदान हुनेछ।

प्रदेश २ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका संसदीय दलका नेता रामसरोज यादव, रौतहट कांग्रेसका सभापति कृष्णा यादव र सिरहाका नरेश यादव प्रदेश सभापति पदका आकांक्षी छन्। नरेश नेता शेखर कोइराला पक्षका मानिन्छन् ।सभापतिका आकांक्षीमध्ये रामसरोज विमलेन्द्र निधिनिकट छन्। कृष्णा सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।

प्रदेश अधिवेशनका लागि केन्द्रीय नेताहरू प्रदेश पुगेका छन्। प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन्।

प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन पनि हुन बाँकी छ। क्रियाशील सदस्यता विवाद र समयमै अधिवेशनहरू नहुँदा प्रदेश २ मा केन्द्रीय महाधिवेशनपछि अधिवेशनहरू हुन लागेका छन्।


प्रतिकृया दिनुहोस