२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?

सोमबार ०५, पुष २०७८ ०८:२६

कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा समूहको वर्चस्व कायम भएको छ । खुलातर्फ निर्वाचित ३५ मध्ये २५ जना देउवा पक्षका उम्मेदवार छन् । सबै पुरुष उम्मेदवार मात्रै विजयी भएका छन् । 

शेखर कोइराला समूहबाट अर्जुननरसिंह केसी, रामशरण महत, दिलेन्द्रप्रसाद बडु, बलबहादुर केसी, दीपक गिरी, गोविन्दराज पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु शिवाकोटी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

दुवै गुटबाट उम्मेदवार बनेका पूर्वमहामन्त्री शशांक कोइरालाले सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । देउवा समूहका एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, शंकर भण्डारी, जिपछिरिङ लामा र गोपालमान श्रेष्ठ निर्वाचित भएका छन् ।

नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत र नेविसंघका अध्यक्ष राजिव ढुंगानाले पनि केन्द्रीय सदस्य जितेका छन् । त्यस्तै, सुनीलबहादुर थापा, मोहनबहादुर बस्नेत, नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, गुरु बराल, मदनबहादुर अमात्य, उमेशजंङ्ग रायामाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मोहन आचार्य पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

खुलातर्फ ९९ जना उम्मेदवार थिए । कांग्रेसका सभापतिसहित १३४ पदकालागि गत सोमबार मतदान भएको थियो । निर्वाचन समितिले अहिलेसम्म १३ पदाधिकारी र खुला केन्द्रीय सदस्यको मतगणना गरेको छ ।


प्रतिकृया दिनुहोस