२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

कांग्रेस महाधिवेशन : सभापतिको मतगणना सभागृहमा, अरु मतपेटिका पार्टी कार्यालय लगिने

- विशेष खबर सोमबार २७, मङि्सर २०७८ १०:१६

कांग्रेस महाधिवेशन : सभापतिको मतगणना सभागृहमा, अरु मतपेटिका पार्टी कार्यालय लगिने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिनै लागेको छ । निर्वाचन समितिका अनुसार अब केही समय मात्र मतदाताले मतदान गर्न बाँकी छ ।

मतदान सकिएको एक घण्टामा मतगणना सुरु गर्ने तयारी छ । निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठका सभापतिका उम्मदेवारहरुको मतगणना राष्ट्रियसभा गृहमा हुनेछ । १० स्थानमा मतगणना गर्ने तयारी छ ।अरुको मतगणना भने पार्टी कार्यालय सानेपामा हुनेछ । मतदान सकिएलगतै मतपेटिकाहरुलाई सिलबन्दी गरेर पार्टी कार्यालय लगिने र सभापतिको गणना सकिएपछि मात्र गनिनेछ ।


प्रतिकृया दिनुहोस