२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

जापान सरकारद्वारा वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान

बिहिबार १८, बैशाख २०७७ ०१:२४

जापान सरकारद्वारा वरिष्ठ नेता पौडेललाई उत्कृष्ट विभूषण प्रदान
तस्बिर : विकिपिडिया

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले उत्कृष्ट विभूषण प्रदान गरेको छ । जापान सरकारले बिहीबार वरिष्ठ नेता पौडेललाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको नेपाल स्थित जापानी दूतावासले जनाएको छ ।

जापान सरकारले प्रदान गर्ने ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड पौडेललाई प्रदान गरेको हो ।

पौडेललाई नेपाल जापान बीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सम्मानको सो अवार्ड दिइएको बताइएको छ ।

त्यसैगरि पौडेलले प्रतिनिधिसभाको सभामुख भएका बेलामा जापान नेपाल फ्रन्डशिप पार्लमेन्टेरियन कमिटि गठन गरेर सांसदहरुका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेकाले जापान सरकारले सो अवार्ड प्रदान गरेको दूतावासले जनाएको छ ।


#काँग्रेस

प्रतिकृया दिनुहोस