२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

राप्रपा महाधिवेशन आजदेखि, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

- विशेष खबर बुधबार १५, मङि्सर २०७८ ०७:५३

राप्रपा महाधिवेशन आजदेखि, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे एकता महाधिवेशन आजदेखि सुरू हुँदैछ । बुधबार बिहान ११:३० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो। काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ।

महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा उत्रने भएका छन्।

राप्रपाका अरू अध्यक्षहरू पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले भने अध्यक्षमा प्रतिस्पर्धा नगर्ने भएका छन्। राप्रपाले पहिलोपटक प्रदेश सभा क्षेत्रहरूबाट महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको हाे।


प्रतिकृया दिनुहोस