२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

एमाले महाधिवेशनमा मतदान सकियो, तीन घण्टाभित्र परिणाम आउने

मङ्गलबार १४, मङि्सर २०७८ ११:०८

एमाले महाधिवेशनमा मतदान सकियो, तीन घण्टाभित्र परिणाम आउने

काठमाडौं । नेकपा एमालेको दसाैं महाधिवेशन अन्तर्गन नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ ।

निर्वाचनका लागि २१५३ जनाको अन्तिम मतदाता नामावली प्रकाशित भए पनि २०८१ मत मात्र खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

मतगणनाकाे तयारी भइरहेकाे र  नतिजा तीन घण्टाभित्र सार्वजनिक हुने बताइएको छ । मतदानमा एकपटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो । मतदान बिहान ४ बजेबाट सुरु भएको थियो ।

पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा र विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका लागि मतदान भएकाे छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए ।

त्यस्तै, ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको थियो भने ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका थिए । एमालेका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव भएको छ ।


प्रतिकृया दिनुहोस