२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

एमाले महाधिवेशन : ४ बजेदेखि मतदान जारी

- विशेष खबर मङ्गलबार १४, मङि्सर २०७८ ०७:५१

एमाले महाधिवेशन : ४ बजेदेखि मतदान जारी

काठमाडाैं । नेकपा (एमाले)को दसौं महाधिवेशनअन्तर्गत पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवार चयनका लागि मतदान जारी छ । मंगलबार बिहान ४ बजेदेखि मतदान सुरु भएको थियो ।

एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतदान गणना हुनेछ । पदाधिकारीको अध्यक्ष, उपाध्यक्ष र सचिव र विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । ७ सचिवका लागि ९ नेताले उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव सर्वसम्मत निर्वाचित भएका छन् । अधिकांश क्लस्टरबाट केन्द्रीय सदस्य निर्विरोध निर्वाचित हुँदा केहीमा मात्रै चुनाव हुने भएको छ ।

खुला सदस्य ८४ जनाका लागि १०५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, प्रदेश १ खुला र महिला क्लस्टरमा निर्वाचन हुने भएको छ । सुदूरपश्चिमको महिला क्लस्टरमा पनि निर्वाचन हुने भएको छ । दलित खुला सदस्य, थारु खुला सदस्य, पिछडिएको क्षेत्र खुला सदस्यका लागि पनि निर्वाचन हुने भएको छ ।


प्रतिकृया दिनुहोस