२०८१ मङि्सर ०९ गते आइतबार | 24 November, 2024

एमाले महाधिवेशन : राति २ बजेदेखि बिहान ८ बजेसम्म मतदान

- विशेष खबर सोमबार १३, मङि्सर २०७८ ११:१०

एमाले महाधिवेशन : राति २ बजेदेखि बिहान ८ बजेसम्म  मतदान

काठमाडाैं । नेकपा एमालेको १०औं महाधिवेशनको निर्वाचन कार्यतालिका पुन: संशोधन भएको छ। आइतबार २ पटक संशोधन भएको निर्वाचन कार्यतालिका सोमबार पुन: फेरिएको हो। 

 

नयाँ निर्वाचन कार्यतालिकाअनुसार अब मतदान साेमबार राति २ बजेदेखि मात्रै सुरु हुने भएको छ। यसअघिको निर्वाचन कार्यतालिकाअनुसार सोमबार राति ९ बजेदेखि मतदान हुने भनिएको थियो। 

 

सोमबार दिउँसो नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरी ९ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि सहमतिका नाममा निर्वाचन कार्यक्रम सारिएको हो। 

 

राति २ बजेदेखि भोलि बिहान ८ बजेसम्म मतदान गर्ने गरी आयोगले नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो।

 

एमाले निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार अब १० वटा पदमा मात्रै निर्वाचन हुने भएको छ। केन्द्रीय सदस्यका लागि खुला, भौगोलिक र समावेशी समूह गरी ७ पदका लागि र पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा ३ गरी १० पदका लागि निर्वाचन हुन लागेका हो। 

 

अब अध्यक्ष, उपाध्यक्ष, सचिव, प्रदेश १ खुला, प्रदेश १ महिला, सुदूरपश्चिम प्रदेश महिला, दलित खुला, थारु खुला, पिछडिएको क्षेत्र खुला, खुला समूहअन्तर्गत मात्रै निर्वाचन हुनेछ।


प्रतिकृया दिनुहोस