- विशेष खबर सोमबार १३, मङि्सर २०७८ ०९:१०
काठमाडौं । केपी शर्मा ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिएका छन् । रावलले सोमबार बिहान अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष ओलीले आइतबार मध्यरातसम्म सहमतिको प्रयास गरे पनि रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयास बिफल भएकाे हाे ।
अब अध्यक्ष ओलीले प्रस्ताव गरेका पदमा संख्या भन्दा बढी उम्मेदवार परे ती पदहरूका लागि पनि चुनाव हुन्छ । नेता घनश्याम भूसाल पनि सहमतिको प्रस्तावमा समेटिएका छैनन् ।
प्रतिकृया दिनुहोस