२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

मकवानपुर कांग्रेसको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि !

बिहिबार ०९, मङि्सर २०७८ ०९:३६

मकवानपुर कांग्रेसको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि !

हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन पार्टीको केन्द्रीय महाधिवेशनपछि मात्र हुने भएको छ ।

हेटौंडामा वाग्मती प्रदेश अधिवेशन गर्नुपर्ने र त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न तयारी नपुग्ने भएकाले अधिवेशन सार्ने निर्णय गरिएको जिल्ला सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिए ।

जिल्ला समितिका पदाधिकारी र सल्लाहकारसहितको बैठकले जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्न निर्वाचन अधिकृतसमक्ष अनुरोध गरेको उनले बताए ।

मंसिर ७ गते मात्रै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरिएको र वाग्मती प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हेटौंडामा नै गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन गर्न सम्भव नभएको निश्कर्ष निकालिएको सभापति बानियाँले बुधबारबाट हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बताए । ‘भर्खरै मात्र वडादेखि क्षेत्रीय अधिवेशनहरु सकेका छौं । अब हेटौंडामै हुने प्रदेश अधिवशेनको तयारी गर्न ढिला भइसक्यो । त्यसअघि जिल्ला अधिवेशन सम्पन्न गर्न सम्भवै नहुने भयो । प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधि छानिइसकेकाले जिल्ला अधिवेशन नहुँदा प्रदेश र केन्द्रको महाधिवेशनलाई असर गर्ने पनि होइन । त्यसैले जिल्ला अधिवेशन सार्नु नै उचित देखियो’ उनले भने ।

उनले बागमती प्रदेश अधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सबै किसिमको तयारीमा जुटिसकेको बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुँदैछ ।

मकवानपुरको दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ५२ जना महाधिवेशन प्रतिनिधि छनौट भएकोमा शेरबहादुर देउवा पक्षको ३७ जना, संस्थापन इतरबाट १४ जना छनौट भएका छन् ।  


प्रतिकृया दिनुहोस