२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

अमेजन र एप्पललाई इटालीमा २० करोड यूरो जरिवाना गरिने

बुधबार ०८, मङि्सर २०७८ १०:१८

अमेजन र एप्पललाई इटालीमा २० करोड यूरो जरिवाना गरिने

एजेन्सी । इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन र एप्पलमाथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ । 

इटालीले एप्पल र बिट्सका उत्पादनलाई आधिकारिक तथा अनाधिकारिक रूपमा विक्री गर्ने बिक्रेतामाथि उक्त जरीवाना गरेको हो। इटालियाली यस संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो ।

‘एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक  विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ। 

इटालीको बजारमा ती उत्पादनको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको पुनः विक्रेतामाथि आरोप लागेको छ।


प्रतिकृया दिनुहोस