२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

कांग्रेसको मतगणनास्थलमा गोली चल्याे, दुई प्रहरीसहित ७ घाइते

मङ्गलबार ०७, मङि्सर २०७८ ०९:५३

कांग्रेसको मतगणनास्थलमा गोली चल्याे, दुई प्रहरीसहित ७ घाइते

प्यूठान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ ।

मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विष्णुकुमार गिरीले अग्रता लिएपछि अर्काे पक्षका युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए ।

मतपरिणममा असन्तुष्टि जनाउँदै युवाहरुले मतगणनास्थलमा आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रदर्शनले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैरेले बताए । झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन् । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

निर्वाचनमा देउवा पक्षबाट शिव रिजाल सभापतिका उम्मेद्वार छन् । पौडेल-सिटौला पक्षबाट गिरी मैदानमा छन् ।आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ ।


प्रतिकृया दिनुहोस