सोमबार ०५, फागुन २०७६ ०२:०८
                                                            काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेविसंघ र अनेरास्ववियू बीच झडप भएको छ ।
आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा सोमबार झडप भएको हो ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको आरोप लगाएको छ।
प्रहरीले समेत नेकपाको अनेरास्ववियूलाई सघाउँदै नेविसंघकै पुस्कर बास्तोला, संजीव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्कालाई नियन्त्रणमा लिएको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।
प्रतिकृया दिनुहोस