२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

राप्रपाको प्रदेश नेतृत्व चयन

सोमबार २९, कार्तिक २०७८ ०९:४५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सोमबार सात वटै प्रदेशमा नेतृत्व चयन भएकाे छ।

प्रदेश १ मा भक्ति सिटौलालाई पराजित गर्दै राम थापा, गण्डकी प्रदेशमा मदनबहादुर कार्कीलाई पराजित गर्दै हेमजङ्ग गुरुङ र लुम्बिनी प्रदेशमा ऋषिराज देवकोटालाई पराजित गर्दै प्रदीपकुमार उदय मतदान प्रक्रियाबाट अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

प्रदेश २ मा भरत गिरी, वाग्मतीमा विक्रमबहादुर थापा, कर्णाली प्रदेशमा दीपबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी सर्वसम्मत अध्यक्ष चयन भएको पार्टीको महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले आइतबार सातवटै प्रदेशको अधिवेशन आयोजना गरेको थियो । पहिलोपटक सक्रिय सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन गरेर राप्रपाले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्दैछ ।

कात्तिक ३, ४ र ५ गते राप्रपाका महाधिवेशन प्रतिनिधि छनोट हुने कार्यतालिका रहेको पनि श्रेष्ठले बताए ।


प्रतिकृया दिनुहोस