२०८१ बैशाख ०६ गते बिहिबार | 18 April, 2024

बलिउड अभिनेता इरफान खानकाे निधन

बुधबार १७, बैशाख २०७७ १२:३७

बलिउड अभिनेता इरफान खानकाे निधन

काठमाडाैं । बलिउड अभिनेता इरफान खानकाे निधन भएकाे छ। अचानक स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना भएका उनकाे आज निधन भएकाे हाे।

उनकाे ५४ वर्षकाे उमेरमा निधन भएकाे भारतीय सञ्चार माध्यमले जनाएका छन्  इरफानलाई मुम्बईस्थित कोकीलाबेन अस्पतालमा आइसियूमा भर्ना गरिएको थियाे।

खान हालैमात्र क्यान्सरबाट पीडित भएका थिए। इरफानको उपचार चलिरहेका कारण उनी लामो समयदेखि बलिउडबाट टाढा रहेका थिए।

हालैमात्र इरफानकी आमा सइदा बेगमको निधन भएको थियो। उनले आमाभन्दा टाढा भएकाले भिडियो कन्फ्रेन्सबाट आमाको अन्तिम दर्शन गरेका थिए। 

इरफानलाई लागेको रोग इन्डोक्राइन ट्युमर अर्थात एक दुर्लभ किसिमको रोग हो। जसले रक्तकोसिकाका लागि हर्मोन उत्पादन गर्ने कोषहरुमा प्रभाव पार्ने गर्दछ। यस सम्बन्धमा इरफानले आफू एक दुर्लभ रोगबाट ग्रसित भएको भन्दै पहिलोपटक मार्च ५ मा ट्विट गरेका थिए। यसपछि मात्रै उनलाई क्यान्सर भएको खुलेकाे थियो।

हलिउड फिल्मसहित उनले हालसम्म १ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। उनले लाइफ अफ पाई, जुरासिक वल्र्ड, स्लमडग मिलिनियरजस्ता चर्चित फिल्महरुमा प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन्।


#निधन

प्रतिकृया दिनुहोस