२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

कांग्रेस भातृ संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

बुधबार १७, बैशाख २०७७ १०:४६

कांग्रेस भातृ संगठनद्वारा  प्रधानमन्त्रीलाई ज्ञापन

दार्चुला । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृ संगठनहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय दार्चुलामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल तरुण दल, नेपाल विद्याथीं संघ र नेपाल दलित संघले मंगलबार प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको हो । 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सन्त्रासबाट मुुलुक गुज्रिरहेको अवस्थामा सरकार रोकथामका लागि आवश्यक पुर्व तयारीमा जुटनुपर्ने हो । लकडाउनमा नागरिकलाई पर्न गएको अप्ठयारो प्रति सम्बेदनशील भएर युद्वस्तरमा काम गर्नुपर्ने बेला सरकार निरकुशताको मानशिकताबाट अगाडि बढिरहेको प्रति कांग्रेस भातृ संगठन दार्चुलाको गम्भिर ध्यानाकर्षण भएको ज्ञापनमा भनिएको छ । 

मुलुक संकटमा पर्दा सरकारलाई सम्पुर्ण नेपाली नागरिक र राजनीतिक दलहरु साथ भएको अवस्थामा पनि नागरिकलाई विदेशमा अलपत्र छाडेर सरकार दल फुटाउन विवादित अध्यादेश जारी गर्न, भ्रष्टाचारीलाई संरक्षण गर्न, नागरिकको अभिव्यतिm माथि अंकुश लगाउने जस्ता अनुचित कार्य गरिरहेको छ । यस्ता कार्य तत्काल बन्द गर्न चेतावनी दिएको छ । 

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रसंगै जिल्ला प्रशासन कार्यालय अगाडी भौतिक दुरी कायम गरी आधी घण्टा धर्नासंगै दिएको नेवि संघका अध्यक्ष रमेश भट्टले बताए । कांग्रेस भातृ संगठनहरुले बुझाएको ज्ञापन पत्रमा दार्चुला सीमा पारी धारचुलाको क्वारेन्टाईनमा एक महिनादेखि बस्दै आएका नेपाली नागरिक अविलम्ब स्वदेश ल्याउनुपर्ने, स्वास्थ्य संस्थाहरुलाई आवश्यक सामग्रीहरु उपलब्ध गराउनुपर्ने, कोरोना भाइरस संक्रमण रोकथामका लागि अग्रपंतिमा रहने स्वास्थ्य, सुरक्षाकर्मीहरुलाई सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने, स्थानीय तहहरुले विपन्न परिवारलाई राहत तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै सरकारको ध्यानाकर्षण गराएको छ । 

धर्नापछि बोल्दै नेपाल तरुण दलका अध्यक्ष सुरेन्द्रबहादुर बमले विदेशका गएका हाम्रा दाजुभाईले पठाएको रेमिट्यान्सबाट मुलुक चलाउनुपर्ने अवस्था छ । त्यही नागरिकलाइ वास्था गरेर सरकार चुप लागेर बसेको छ । उनले भने, विदेशमा रहेका सबै नागरिकलाई स्वदेश ल्याई सुरक्षित साथ व्यवस्थापन गर्नु सरकारको दायित्व हो । तर यसतर्फ सरकारको ध्यान जान नसकेको उनको भनाई छ । सम्पूर्ण नागरिकले भोग्दै आएका र आवश्यक मागहरुमा सरकारको ध्यानाकर्षण गराएका छौ ।

यी मागहरु समयमै समाधान नगरेर सरकार र सबै नेपालीले ठूलो समस्या भोग्नुपर्ने सम्भावना रहेकोले यसतर्फ सरकार सचेत हुनुपर्ने दलित संघका जिल्ला अध्यक्ष सन्तोष दयालीको भनाई छ । लकडाउनले दिनमा काम गरेर साझ चुलो बाल्ने गरिब, दलित, विपन्न परिवार अहिले भोकभोकै बस्नुपर्ने अवस्था छ । उनले भने, रोगसंगै भोगले पनि ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने हुनाले सरकारले समयमै ध्यानुपर्ने र स्थानीय तहहरुलाई स्रोत उपलब्ध गराउनुपर्ने उनले बताए । 
 


प्रतिकृया दिनुहोस