२०८१ जेठ ०३ गते बिहिबार | 16 May, 2024

माओवादी केन्द्रको विधान संशोधन, प्रदेश र पालिकामा ७ सदस्यीय पदाधिकारी रहने

शुक्रबार २६, कार्तिक २०७८ ०९:५३

माओवादी केन्द्रको विधान संशोधन, प्रदेश र पालिकामा ७ सदस्यीय पदाधिकारी रहने

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) ले पार्टी विधान संशोधन गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ ।

जसअनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछ । साविकको विधानअनुसार सो समितिमा पाँच पदाधिकारी रहने व्यवस्था थियो ।

कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यी वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ । त्यसैगरी बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेका छ ।

अहिले सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ ।

आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।


प्रतिकृया दिनुहोस