२०८१ जेठ ०४ गते शुक्रबार | 17 May, 2024

९५ डिएसपीको सरुवा

बिहिबार २५, कार्तिक २०७८ १०:१०

९५ डिएसपीको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिहीबार विभिन्न क्षेत्रमा कार्यरत ९५ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिहीबारको निर्णयानुसार उपत्यकासहित विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको सरुवा गरिएको प्रहरीको मानव स्रोत तथा प्रशासन विभागले सूचना जारी गरी जनाएको छ ।

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा अनन्तराम शर्मा, प्रहरी वृत्त कालीमाटीमा अनिलकुमार घिमिरे, नगर प्रहरी कार्यालय काठमाडौँमा कौशलकुमार बुढाथोकी, प्रहरी वृत्त बालाजुमा गौतम मिश्र र प्रहरी वृत्त थानकोटमा डिल्लीनारायण पाण्डेलाई सरुवा गरिएको छ ।

यस्तै प्रहरी वृत्त दरबारमार्गमा विश्वराज खड्का, प्रहरी वृत्त जगाती भक्तपुरमा रामबहादुर केसी, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रामहरि पाण्डेलगायत अन्य प्रहरी नायब उपरीक्षकलाई विभिन्न जिल्ला तथा प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।


प्रतिकृया दिनुहोस