२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

सेयर बजार दाेहाेराे अंकले घट्याे, कारोबार रकममा पनि कमी

- विशेष खबर सोमबार २२, कार्तिक २०७८ ०४:२०

सेयर बजार दाेहाेराे अंकले घट्याे, कारोबार रकममा पनि कमी

काठमाडौं सोमबार सेयर बजारको परिसूचक १९.२ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक २८२९ मा झरेको छ । यस दिन कारोबार रकममा पनि कमी आएको छ । जम्मा ४ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएकाे छ । यसअघि बुधबार ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

फाइनान्स उपसमूह २१ अंकले बढ्यो भने लगानी उपसमूह झिनो अंकमा हरियो रह्यो । बैंकिङ १९, ब्यापार १४, होटल तथा पर्यटन २९ , विकास बैंक ७०, जलविद्युत १३, निर्जीवन बीमा १३७, उत्पादन २९, अन्य २३, माइक्रोफाइनान्स ५५, जीवन बीमा उपसमूह १०० अंकले घटे । कुल ४२ कम्पनीको मूल्य बढ्यो भने १४२ कम्पनीको मूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । साहस उर्जा, आइसिएफसी फाइनान्स, तेह्रथुम पावर र मानुषी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो । हालै बजारमा सूचीकृत साहस उर्जाको मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै महालक्ष्मी विकास बैंकको मूल्य ९.८ प्रतिशतले बढेको छ ।


#सेयर बजार

प्रतिकृया दिनुहोस