२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

नेकपा सचिवालय बैठक बुधबार बाेलाइयाे

मङ्गलबार १६, बैशाख २०७७ ०७:२१

नेकपा सचिवालय बैठक बुधबार बाेलाइयाे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो । बैठक भोलि साँझ ५ बजे बोलाइएको छ । मंगलबार दिउँसाे दुवै अध्यक्षबीच बालुवाटारमा भेट भएकाे थियाे । 

प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि अर्का दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल समूह आक्रोशित बनेको छ। दाहाल र नेपाल, झलनाथ खनालसहितका नेताहरूले सचिवालय बैठक बाेलाउनु पर्ने माग गरेका थिए ।  


#नेकपा

प्रतिकृया दिनुहोस