२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

मङ्गलबार १६, बैशाख २०७७ ०६:३७

भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल र भरतपुर महानगरपालिकाको महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले मंगलबार दिउँसो कोरोना अस्पतालमा छापा मारी महत्वपूर्ण कागजात नियन्‍त्रणमा लिएको हो । टोलीले कोरोना अस्पताल सम्बन्धित महत्वपूर्ण कागजातहरु भरतपुर महानगरको स्वास्थ्य शाखाबाट समेत जफत गरेको छ ।

कोरोना विशेष अस्पतालका विभिन्न सामग्री कर्मचारीले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियारले छापा मारेको हो ।

कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंकासमेत गरिएको छ । यस अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।


#काेराेना

प्रतिकृया दिनुहोस