२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

देउवा-सिटाैला पक्षका उम्मेद्वारलाई हराउँदै कांग्रेस काठमाडौं महानगरमा शाक्यकाे प्यानलै विजयी

सोमबार १८, असोज २०७८ ०७:४५

देउवा-सिटाैला पक्षका उम्मेद्वारलाई हराउँदै कांग्रेस काठमाडौं महानगरमा शाक्यकाे प्यानलै विजयी

काठमाडाैं । सभापित शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटाैला पक्षका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाे नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा शाक्य भारी मतान्तरले विजयी भएका हुन्।

उनले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई हराएका हुन्। शाक्यले ७८६ मत ल्याए भने रन्जितले जम्मा ३२९ मत ल्याएका छन्।

नेताहरू प्रकाशमान सिंह र गगन थापा निकट शाक्य काठमाडौ महानगरपािलका-२५ का वडाध्यक्ष पनि हुन्। रञ्जितलाई सभापति देउवा र सिटौला पक्षको साथ थियो। महानगरमा शाक्यको प्यानल नै विजयी भएको छ।

शाक्य प्यानलबाटै उपसभापतिमा सुशीला ढकाल र सन्तकुमार महर्जन निर्वाचित भएका छन्। उपसभापति ढकालले ९४१ मत पाउँदा महर्जनले ८०१ मत पाएर निर्वाचित भए। सचिवमा ८५३ मतसहित सुशन वैद्य र ७५९ मतसहित पुरूषोत्तम खकुरेल विजयी भए। यस्तै सहसचिवमा विमला लामिछाने ८३१ मत र अमृत मानन्धर ७७२ मत पाएर निर्वाचित भएका छन्।


प्रतिकृया दिनुहोस