२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

कांग्रेस अधिवेशन : बूढानीलकण्ठमा गगन थापानिकट प्यानल निर्वाचित

शनिबार १६, असोज २०७८ ०९:५६

कांग्रेस अधिवेशन : बूढानीलकण्ठमा गगन थापानिकट प्यानल निर्वाचित

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर बूढानीलकण्ठ नगरपालिकाको कांग्रेस सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् ।

शनिबार भएको अधिवेशनबाट १५५ मत ल्याउँदै बुढाथोकी बहुमतले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत पाए । सभापतिमा निर्वाचित बुढाथोकी कांग्रेस नेता गगन थापा निकट नेता मानिन्छन्।

काठमाडौंका सबै स्थानीय तह र जिल्लामा आफ्नो पकड बनाउन लागेका कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेका देउवालाई आफ्नै गृहनगरमा धक्का लागेको छ ।

सभापतिसहित पदाधिकारीमा थापानिकट बुढाथोकीको प्यानल नै निर्वाचित भएको छ । उपसभापतिमा शम्भु कार्की र सानुकान्छा श्रेष्ठ, सचिवमा बिजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी साथै सहसचिवमा कुमार खड्का र निर्मला आचार्य निर्वाचित भएका छन् ।


प्रतिकृया दिनुहोस