२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

नेकपा एसका अध्यक्ष नेपाल अस्पताल भर्ना

बुधबार १३, असोज २०७८ ०९:३५

नेकपा एसका अध्यक्ष नेपाल अस्पताल भर्ना

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

अध्यक्ष नेपाल ज्वरो र खोकी नराेकिए पछि बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको उनको सचिवालयले जनाएको छ । 

उनका स्वकीय सचिव मोहन गौतमका अनुसार अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह छ ।

अध्यक्ष नेपाल सोमबारदेखि अस्वस्थ थिए । उनको उपचारमा शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न छ ।


प्रतिकृया दिनुहोस