२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

यात्रु ओसारपसार नगर्न गृह मन्त्रालयकाे निर्देशन, सवारी पासमा पनि कडाइ

सोमबार १५, बैशाख २०७७ १२:२१

यात्रु ओसारपसार नगर्न गृह मन्त्रालयकाे निर्देशन, सवारी पासमा पनि कडाइ

काठमाडौं । सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ । उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको गृहमन्त्रालयले जनाएकाे छ ।  

सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्वय सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन परिपत्र गरेको हो ।

लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन आएको र सोहीअनुसारको व्यवस्था मिलाउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । 

पछिल्लो साता उपत्यकासहित विभिन्न जिल्लाबाट अलपत्र परेका नागरिकलाइ स्थानीय तह र जनप्रतिनिधिहरुको पहलमा घर पठाउँदै आएका थिए ।

गृह मन्त्रालयले अत्यावश्यक सेवा बाहेकका सवारी साधनलाई पास वितरण नगर्न पनि जिल्ला प्रशासन कार्यालयहरुलाई फेरि निर्देशन दिएको छ । पास दुरुपयोग गरेर भीड बढेको भन्दै गृहले कडाइ गर्न निर्देशन दिएको हो ।


#यात्रु

प्रतिकृया दिनुहोस