२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

उपचारका लागि थाइल्याण्ड गए बर्षमान पुन

बुधबार १३, असोज २०७८ ०७:४२

उपचारका लागि थाइल्याण्ड गए बर्षमान पुन

काठमाडाैं । जण्डिसको समस्या भएका नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्।

बुधबार बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

यसअगाडि उनले सुमेरु अस्पतालमा उपचार गराएका थिए। उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ। 

पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ। नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन्।

पुनलाे चार वर्षअगाडि पनि यस्तै देखिदा बैंककमा उपचार गराएका थिए।


प्रतिकृया दिनुहोस