२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

डडेलधुरामा २८ वर्षीय जोशी नगर सभापतिमा निर्वाचित

आइतबार १०, असोज २०७८ १२:०३

डडेलधुरामा २८ वर्षीय जोशी नगर सभापतिमा निर्वाचित

डडेलधुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भित्रि मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षीय भरत जोशी निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न पालिका अधिवेशनमा खसेका २०० मत  मध्ये जोशी १४८ मत पाएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी धर्मानन्द भट्टले ४८ मत पाए । चार मत बदर भएका थिए । नगरकाे उपसभापतिमा जयबहादुर साउँद र सचिवमा खगेन्द्रबहादुर सिंह विजयी भएका छन् ।

डडेल्धुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो । सभापतिका उम्मेदवार जोशी र भट्ट दुबै संस्थापन समूहकै नेता हुन् । चीनबाट स्नात्तकोत्तर अध्ययन पूरा गरेका जाेशी डेढ वर्षदेखि गृहनगरमै बसेर सामाजिक कार्यमा सक्रिय थिए ।


प्रतिकृया दिनुहोस