२०८१ बैशाख १२ गते बुधबार | 24 April, 2024

अशोक लेलैण्डको दसैँ तिहार योजना

बुधबार ०६, असोज २०७८ ०९:४२

अशोक लेलैण्डको दसैँ तिहार योजना

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले दशैँतिहारलाई लक्षित गरी “दसैं तिहारको बहार पक्का उपहार” का साथै बम्पर उपहार योजना ल्याएको छ । जस अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

चाडपर्वमा ग्राहकले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा यो योजना बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

यस योजनाअनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लैजान सक्नेछन् ।

अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप नगद छूट वा स्मार्ट टिभी साथै नगद डिस्काउन्ट पाउन सक्नेछन् ।  प्रत्येक आइसीभी हउलागी एमसीभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याप्स वा टीभीएसएनटोरक्यू स्कुटर पाउन सक्नेछन् । यो बाहेक अन्य बस तथा टिप्पर खरिदमा अन्य उपहार पनि राखिएको छ ।   

यो योजना अन्तर्गत बम्परमा तीन जना भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप भ्रमणको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । चाडपर्व लक्षित यो योजना मंसिर ३० गतेसम्म लागू हुने बताइएको छ । 
 


प्रतिकृया दिनुहोस