२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

कांग्रेसको महाधिवेशन तालिका फेरि धकेलियाे, दसैंअघि पालिकाकाे अधिवेशनमात्रै

बुधबार ०६, असोज २०७८ ०६:३८

कांग्रेसको महाधिवेशन तालिका फेरि धकेलियाे, दसैंअघि पालिकाकाे अधिवेशनमात्रै

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । सिंहदरबारमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो सहमति जुटाएको हो । 

बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले 'दसैं अगाडि पालिका तहको अधिवेशनमात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको बताए । यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ ।

९ गतेका लागि निर्धारित पालिकास्तरीय अधिवेशन यथावत रहेकाे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले ९ गते पछाडिका अधिवेशनहरू बाँकी जिल्लाकाे क्रियाशील सदस्यता विवाद टुंग्याएर उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्ने बताए । 


प्रतिकृया दिनुहोस