२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

कांग्रेस अधिवेशन : बैतडीमा चतुरबहादुर चन्दकाे नेतृत्वमा संयुक्त प्यानल घाेषणा

- विशेष खबर बुधबार ०६, असोज २०७८ ०४:२३

कांग्रेस अधिवेशन :  बैतडीमा चतुरबहादुर चन्दकाे नेतृत्वमा संयुक्त प्यानल घाेषणा

बैतडी । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत जिल्ला सभापतिका लागि चतुरबहादुर चन्दकाे नेतृत्वमा संयुक्त प्यानल घोषणा भएकाे छ ।

बुधबार गाेठलापानीस्थित पार्टी जिल्ला कार्यालयमा घाेषणा भएकाे बैतडी संस्थापन संयुक्त प्यानलबाट सभापितमा चतुरबहादुर चन्द, उपभापतिमा रमेश पाण्डेय र खगेन्द्रसिंह धामीले उम्मेदवारी घाेषणा गरेका हुन्। चन्दकाे टीमबाट सचिवमा प्रेमबहादुर चन्द र देवराज जाेशी छन् ।सहसचिवमा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य दिपन्द्रबहादुर चन्द र दशरथसिंह चाँड छन् । 

नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय अध्यक्ष रहेका चतुरबहादुर चन्द अहिले कांग्रेसका जिल्ला उपसभापति छन् । उनले असाेज ३ मा मनाइएकाे छैठाैं संविधान दिवसमा सरकारबाट जनसेवा श्री बिभूषण पनि पाएका थिए । 

यसैगरी, चन्दकाे टीमबाट क्षेत्रिय सचिव शिवराज भट्टले प्रदेश सभा 'ख' काे क्षेत्रिय सभापितमा उम्मेदवारी घाेषणा गरेका छन् ।

 

 

 

 

उम्मेदवारी घाेषणा गर्दै चन्दले जिल्लामा पार्टीलाइ एकढिक्का बनाएर लैजाने प्रतिबद्धता जनाएका छन् । उनले जिल्लामा पार्टी विचार भन्दा पनि ब्यक्तिवादी चरित्रमा ढाल्न खाेजेकाले त्यसबिरूद्ध उम्मेदवारी घाेषणा गरेकाे बताएका छन् । नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्षसमेेत रहेका चन्दले कार्यकताकाे भावना अनुसार चल्ने र संगठन बलियाे बनाएर पार्टीलाइ संशक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।  

साेमबार सभापति शेरबहादुर देउवा पक्षबाट पार्टीका पूर्व जिल्ला सभापति शिवराज भट्टकाे नेतृत्वमा उम्मेदवारी घाेषणा गरिएकाे थियाे । 

 

चन्दले उम्मेद्वारी घाेषणा सभामा के भने ? भिडियाे हेर्न क्लिक गर्नुहाेस् :


प्रतिकृया दिनुहोस