२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सत्तारूढ गठबन्धन बैठक : बुधबार सरकार विस्तारकाे तयारी

- रासस मङ्गलबार ०५, असोज २०७८ ०९:४८

सत्तारूढ गठबन्धन बैठक : बुधबार सरकार विस्तारकाे तयारी

काठमाडाैं । सत्तारूढ गठबन्धनको आज बसेको बैठकले मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकले सम्भवतः बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।

सरकार गठन भएको लामो समयभइसक्दा समेत मन्त्रिमण्डलले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ ।

दलहरुबीच मन्त्रिमण्डललाई शीघ्र पूर्णता दिने विषयमा आजको बैकठमा मतैक्य भएको छ । सोही सम्बन्धमा बुधबार पुनः गठबन्धनको बैठक बस्ने कार्यसूची तय भएको छ ।

आजको बैठकमा विशेषगरी सरकार विस्तारका विषयमा नै छलफल केन्द्रित रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

गठबन्धनले मन्त्रिपरिषद् विस्तारका बारेमा खाका तयार पार्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलले आवश्यक छलफल गरी मनित्रपरिषद्मा कुन दलले के कति सदस्य लिने भन्ने बारेमा एउटा खाका तयार पारेको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता थियो । 


प्रतिकृया दिनुहोस