२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

बैतडी कांग्रेस सभापतिमा संस्थापन पक्षबाट भट्टको प्यानल घोषणा

सोमबार ०४, असोज २०७८ १०:३३

बैतडी कांग्रेस सभापतिमा संस्थापन पक्षबाट भट्टको प्यानल घोषणा

बैतडी । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बैतडीमा जिल्ला सभापतिका लागि संस्थापन समूहबाट शिवराज भट्टले उम्मेदवारी घोषणा गरेका छन्।  

दोगडाकेदार गाउँपालिकामा सोमबार आयोजना गरिएको कार्यक्रममा सभापतिमा भट्टसहित पदाधिकारीको प्यानल घोषणा गरिएको हो। कानुन व्यवासयी समेत रहेका भट्ट सभापति शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) हुँदा जिल्ला सभापति थिए।

उपाध्यक्षमा सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्ट र सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले उम्मेदवारी घोषणा गरेका छन्। विष्ट हाल पार्टीका जिल्ला सचिव र धामी यसअघि जिल्ला उपसभापति थिए । सचिव पदमा कर्ण बोहरा र रमेश भण्डारीले उम्मेदवारी दिने जनाइएकाे छ । सहसचिवका प्रत्याशीमा तरुण दल जिल्ला अध्यक्ष घनश्याम भट्ट र जिल्ला सदस्य रमेश कोली छन्। सदस्यहरूको नाम केही दिनमै टुंगो लगाइने जनाइएको छ।

सभापतिका प्रत्याशी भट्टले पार्टीलाई बलियो बनाएर स्थानीय तहको निर्वाचनमा  कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको बताए।

संस्थापन इतर समूहबाट भने सभापतिका लागि कांग्रेसका वर्तमान जिल्ला उपसभापति चतुरबहादुर चन्दकाे चर्चा छ । चन्द नेतृत्वकाे टीमले बुधबार उम्मेदवारी घोषणा गर्ने कार्यक्रम छ।


प्रतिकृया दिनुहोस