२०८१ जेठ ०७ गते सोमबार | 20 May, 2024

लकडाउन वैशाख २५ सम्म थप्ने सरकारको निर्णय

आइतबार १४, बैशाख २०७७ ०७:२०

लकडाउन वैशाख २५ सम्म थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि बैशाख १५ सम्म लकडाउन ताेकिएकाे थियाे । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त भएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो ।


#लकडाउन

प्रतिकृया दिनुहोस