२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

सभामुख सापकाेटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

सोमबार २८, भदौ २०७८ ११:४५

सभामुख सापकाेटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आव्हानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ ।

दिउँसो साढे दुई बजे बस्ने बैठक संसदमा जारी गतिरोध अन्त्यलगायत समसामयिक विषयमा केन्द्रित रहने जनाइएकाे छ ।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई पनि बैठकमा आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको कार्यशैलीको विरोध गर्दै संसद अवरुद्ध गर्दै आएको छ । एमालेले  कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नबाट रोकेर सभामुख सापकोटाले एमाले फुटाउन सहयोग गरेको आरोप एमालेले लगाउँदै आएको छ ।


प्रतिकृया दिनुहोस